गृहपृष्ठ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् बैठक आव्हान
प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् बैठक आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाएका हुन्।
सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृतवको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन्।
बैठकका एजेण्डाबारे कुनै जानकारी नभएको बताउँदै एक मन्त्रीले सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने बताए।
सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए।