२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ प्रधानमन्त्री ओलीद्वारा नेकपा एमालेको केन्द्रीय समिति बैठक आव्हान

प्रधानमन्त्री ओलीद्वारा नेकपा एमालेको केन्द्रीय समिति बैठक आव्हान

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १ गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।

अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बोलाएको हो। अदालतले एमाले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको एमालेका एक नेताले बताए।

उनका अनुसार बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र पछि मनोनित एमालेका केन्द्रीय सदस्य सहभागी हुनेछन्। केन्द्रीय कमिटीमा ओली पक्षका १ सय २, नेपाल पक्षका ९० र तीन जना तटस्थ सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु