२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद् पुनर्गठन,धेरैजसो नयाँ अनुहार थपिए

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद् पुनर्गठन,धेरैजसो नयाँ अनुहार थपिए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन्।उनले मौजुदा मन्त्रीपरिषद्का सदस्यहरूलाई व्यापक हेरफेर गरेका छन्।

जनता समाजबादी महन्थ ठाकुर पक्षलाई समेटेर उनले मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

उता जनता समाजबादीकै उपेन्द्र यादवले सरकारमा सहभागितालाई लिएर चर्को विरोध गरेको छ भने प्रतिगमनको मतियार भएको आरोप लगाएको छ।

नवगठित मन्त्रिपरिषद्मा एमालेबाट ७ र जसपाबाट ९ जना मन्त्री मन्त्री रहेका छन्। रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका छन्।

हेर्नुहोस् प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको नामावली:

केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ :उपप्रधानमन्त्री, परराष्ट्र

अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई

शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा

लक्ष्मणलाल कर्ण :मन्त्री, भूमि व्यवस्था

कृष्णगोपाल श्रेष्ठ :शिक्षा मन्त्री

वसन्तकुमार नेम्वाङ :मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ :मन्त्री, कानून न्याय तथा संसदीय मामिला

विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण

चन्दा चौधरीः मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ :मन्त्री युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु