२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ प्रधानमन्त्री ओली पक्ष र वरिष्ठ नेता नेपाल पक्ष बीच धुम्बाराहीमा भेटवार्ता

प्रधानमन्त्री ओली पक्ष र वरिष्ठ नेता नेपाल पक्ष बीच धुम्बाराहीमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीच भएको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टीमा देखिएको विवाद समाधनका विषयमा छलफल भएको बुझिएकाे छ। यद्यपि, भेटवार्तामा के भयो भन्ने अहिले सार्वजनिक गरिएको छैन।

उक्त छलफलमा ओली पक्षका ओलीसहित नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त सहभागी थिए।

एमाले विभाजनको संघारमा रहेका बेला भएको यो भेटलाई चासोका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु