गृहपृष्ठ प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकारात्मक,पार्टी एकता जोगाउने सहमति
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकारात्मक,पार्टी एकता जोगाउने सहमति

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भएको बताइएको छ।
नेता नेपालले राखेको ६ बुदे शर्तमा प्रधानमन्त्री ओली लचिलो भएपछि छलफल सहमतिको दिशामा अगाडि बढेको हो।दुई नेताबीच झन्डै ४ घन्टा लामो वन टु वन वार्ता भएको थियो।
छलफलपछि नेता नेपालले भने,”छलफल सकारात्मक दिशामा अगाडि बढेको छ।समस्या समाधानका लागि दुबै पक्षको कार्यदल बनाएर जाने सहमति पनि भएको छ।”
यता विपक्षी गठबन्धनलाई तितो झटका लागेको छ।नेपाल पक्षको राजीनामाको आशमा रहेका काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई भने यो छलफलले बहुमत जुटाउन निकै हम्मे पर्ने देखिन्छ।
अब कुनै नाटकीय परिवर्तन भएन भने पुनः ठुलो दलको हैसियतमा केपी ओलीनै प्रधानमन्त्री नियुक्त हुनेछन्।