२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन्।

प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा सोमबार उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन्।

साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिए। दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु