गृहपृष्ठ प्रधानमन्त्री देउवाले गरे मन्त्रीपरिषद पुनर्गठन
प्रधानमन्त्री देउवाले गरे मन्त्रीपरिषद पुनर्गठन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद पुनर्गठन गरेका छन्। नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन्।
एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।
नयाँ मन्त्रीहरूको सपथकार्यतालिका भने स्पष्ट गरिएको छैन।