२०७७ फागुन १० गते सोमवार | February 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ प्रवासी एकता मंच पोर्चुगलको नयाँ कमिटी निर्माण प्रति सचिवद्वारा आपत्ति प्रकट

प्रवासी एकता मंच पोर्चुगलको नयाँ कमिटी निर्माण प्रति सचिवद्वारा आपत्ति प्रकट

प्रवासी नेपाली एकता मंच पोर्चुगलका सचिव डोलराज भण्डारीले फेब्रुअरी ७ मा नयाँ कमिटी निर्माण भनि बाहिर आएको समाचार प्रती गम्भीर आपत्ति प्रकट गरेका छन्।

सहमति र सहकार्यको भावना विपरित कसैको इच्छा अनुसार निर्माण हुने कमिटीको वैधानिकता माथी प्रश्न चिन्ह उठ्ने उनको कथन छ।हाल बेलायतमा रहेका भण्डारीले एक विज्ञप्ति मार्फत असहमति जनाउदै सचिव पदबाट राजिनामा समेत गरेका छन्। हेर्नुहोस् उनको विज्ञप्ति जस्ताको जस्तै…….

मिति ७ फेब्रुअरि २०२१
अध्यक्ष कमरेड युवराज चौलागाई,
सचिव कमरेड श्रीप्रसाद शाह,
प्रवास समन्वय कमिटी, नेकपा ।

बिषय: राजिनामा तथा पोर्चुगलको पछिल्लो घटनाक्रम सम्बन्धमा
उपरोक्त सम्बन्धमा देशको पछिल्लो राजनैतिक घटना पछि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्पूर्ण कमरेडहरुसँग निरन्तर छलफलको क्रम रहँदा रहँदै प्रवासी नेपाली एकाता मंच पोर्चुगलका केही कमरेडहरुले फेब्रुअरी ७ तारिकका दिन अकस्मात मेरो र पोर्चुगलमा क्रियाशिल अधिकांश कमरेडहरुको जानकारी र सहमातिबिनानै कमिटीको निर्णय भन्दै पदाधिकारी चयन तथा पदपुर्ति गरेको समाचार सामाजिक सञ्जाल तथा समाचारहरुमा सार्वजनिक भएको विषयले दुःखी भएको छु।

अतः उक्त विषयमा मेरो पूर्णतया असहमति रहेको जानाकारी गराउन चाहन्छु। पार्टीको विधि, पद्घति, छलफल र सहमति भन्दा वाहिरबाट भएको निर्णयप्रति खेद प्रकट गर्दछु। उक्त विषयप्रति अधिकांश कमेरडहरुले पनि असहमति जनाउनु भएकोले यो निर्णय सच्याउन आग्रह गर्दछु। साथै प्रवासी नेपाली एकता मंच पोर्चुगलमा क्रियाशिल सम्पूर्ण कमरेडहरुको छलफल र सहमतिमा नयाँ कमिटि निर्माण गर्न सहयोग गर्न केन्द्रसँग पनि हार्दिक अनुरोध गर्दछु।

साथै हाल म पोर्चुगलबाट बेलायत बसाई सरेकाले प्रवासी नेपाली एकता मंच पोर्चुगलको सचिव पदबाट पनि राजिनामा गरेको जानकारी यसै पत्रमार्फत जानकारी गराउदछु।

डोलराज भण्डारी
सचिव
प्रवासी नेपाली एकता मंच पोर्चुगल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु