गृहपृष्ठ प्रवासी एकता मंच बेल्जियमद्वारा सर्बोच्चको फैसलालाई स्वागत,हेर्नुहोस बिज्ञप्तिको पूर्ण पाठ
प्रवासी एकता मंच बेल्जियमद्वारा सर्बोच्चको फैसलालाई स्वागत,हेर्नुहोस बिज्ञप्तिको पूर्ण पाठ

प्रवासी एकता मञ्च बेल्जियमले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ।
मञ्चका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलले बुधबार (आज) संयुक्त प्रेस वत्तव्य जारी गर्दै आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको जनाएका छन्।
अध्यक्ष लामाले अगाडि भनेका छन्, ‘२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेकी प्रतिनिधि सभालाई ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ। यो निर्णयसँग प्रवासी नेपालीहरू खुशी छौं।’
त्यस्तै, उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने निर्णय गरेर मुलुकमा अदालत (कानून) जीवन्त रहेको प्रमाणित गरेको जनाएका छन्। जारी विज्ञप्तीमा भनिएको छ, ‘यो फैसलासँगै देशमा स्थिर राजनीति पुनःस्थापना भएको छ। जनताको संविधान प्रतिको भरोसा मरेको छैन। र लोकतन्त्रको जीत भएको छ।’
त्यस्तै, मञ्चले प्रधानमन्त्री ओलीको सो कदम असंवैधानिक र अलोकतान्त्रिक छ भनि विरोध गर्दै आएको थियो।
यस्तो छ प्रेस विज्ञप्तीको पूर्णपाठ
२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालत ले बदर गर्न फैसला गरेको छ।
प्रवासी नेपाली एकता मञ्च बेल्जियमले प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक छ, भनि विरोध गर्दै आएको थियो।
आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनस्र्थापित हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै हार्दिक स्वागत गर्दछौं।
यस्तो असंवैधानिक काम गर्ने प्रधानमंत्री ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिई अग्रगमनको मार्ग प्रसस्त गर्न समेत माग गर्दछौं।