गृहपृष्ठ प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता थापाद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष छलफल
प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता थापाद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष छलफल

प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता राजकुमार थापाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग आज परराष्ट्र मन्त्रालयमा विशेष भेटघाट गरेका छन्।
नेपाल प्रेस संगठन पोर्चुगलका संयोजक र प्रवासी नेपाली एकता मंच पोर्चुगलका सचिवालय सदस्य समेत रहेका थापाले भेटका अवसरमा पोर्चुगलको नेपाली समुदायका चासो, सरोकार र समस्याका बारेमा कुराहरू राखेका थिए।
सो अवसरमा मन्त्री ज्ञवालीले आफुले पोर्चुगलको नेपाली समुदायको चाहाना र अपेक्षालाई बुझेको र सो सम्बन्धमा मन्त्रालयले निकट भविष्यमानै नेपाल सरकारको तर्फबाट विशेष व्यबस्था गर्न लागेको बताएका थिए।
मन्त्री ज्ञवालीले भेटघाटको अवसरमा नेपालका नेकपा भित्रको विवाद र विभाजनमा प्रवासमा रहेको नेकपा समर्थक र शुभचिन्तकहरुले विभाजित भइ हाल्न आवश्यक नभएको बताएका थिए।
प्रवासी नेपाली एकता मंचका नेता थापाले आज प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईसँग पनि महत्वपूर्ण भेटघाट गरेको जानकारी दिएका छन्।