२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ प्रवासी नेपाली एकता मंच पोर्चुगलको पुनर्गठन, अध्यक्षमा लिम्बु चुनिए

प्रवासी नेपाली एकता मंच पोर्चुगलको पुनर्गठन, अध्यक्षमा लिम्बु चुनिए

कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता मंच पोर्चुगलको पुनर्गठन गरिएको छ। मदन लिम्बुको अध्यक्षतामा समिति बिस्तार गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि डा.भट्टराईले सरकारको पछिल्लो निर्वाचनमा जाने निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ। मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको उहाँले बताउनु भयो।

प्रवासी नेपाली एकता मंच पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन गर्दै उहाँले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पार्नु भएको हो।प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उहाँको जोड थियो।

कार्यक्रममा प्रवासी नेपाली मंच युरोपका पुर्ब उप -संयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीहरुको माझमा उहाँहरुको समस्यामा केन्द्रित भएर लाग्नु पर्ने बताउनु भएको छ। नेपालमा पछिल्लो समय प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा बिगठन सँगै नेकपामा देखिएको विवाद पछी विभिन्द कमिटीहरु दुईभागमा बिभाजन हुन थालेको छन्। यसै क्रममा प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै रास्ट्रीय नयाँ समिति बिस्तार गर्ने क्रम बढेको छ।

यसै क्रममा भर्चुअल भेलाले पोर्चुगलमा लिम्बूको संयोजकत्वमा १२५ सदस्यीय समिति चयन गरेको छ। गठित कमिटीको उपाध्यक्षमा राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना, दयासागर लामिछाने, महासचिवमा दिपक खत्री , उपमहासचिवमा मिलन रेग्मी, एस शर्मा, सचिब, पि गिरी, शिव सागर बुढाथोकी, राजेन्द्र प्रसाद डुम्रे, यानी कडेल, सुदिप बिस्वकर्मा, बिक्रम रिमाल रहनु भएको छ।

कोषाध्यक्षमा एस शर्मा, सह-कोषाध्यक्षमा अनिता केसी, नबिन थापा र अलेन्तेजो इन्चार्ज धर्मराज बराल, आल्गार्भ इन्चार्ज चक्रपाणी बस्याल चयन हुनुभएको हो।

सदस्यहरुमा मेघनाथ सुवेदी (दिपक),सन्तोष सुवेदी, दिपा लिम्बु, मणि मुकुन्द न्यौपाने, आकाश किरण श्रेष्ठ, शालिक ग्राम जिसी, मोहन पौडेल, सुमन सिलवाल, देब श्रेष्ठ, अनुप मगर, सुमन अखेलि, प्रकाश पुरी, कुमार हमाल, बाल कुमारी नेपाली, किरण दिप परियार, मञ्जु अधिकारी, लक्ष्मण भट्टराई (लक्ष्मी ), शक्ति भट्टराई, शुरेश लामा, धनपति ढुंगाना, ओमन सिंह गुरुङ, सूर्य लामा, खेमान सिंह गुरुङ, अर्जुन सापकोटा, बृख ब.बस्नेत, परशु घिसिङ, मिलन थापा मगर, राम शारु, बिनिता श्रेष्ठ, भिम गिरी, रमेश बुढाथोकी, निर्मल पण्डित, शालिक ग्राम पन्त, मिलन पौडेल चयन हुनु भएको छ।

त्यस्तै अशोका केसि, विक्रम रिमाल, अप्सरा ढकाल, अमृता रिमाल, सुमन भेटवाल, देब जङ्ग केसी भुपति गैरे, चक्रपानि बस्याल, सुरज न्यौपाने, हिमन्सो अर्याल, प्रकाश सिग्देल, कृष्ण प्रसाद ज्ञवाली, शिब प्रसाद पौडेल,;प्रमोद खनाल, आश्विन कुमार आचार्य, अजय कुमार बिक, प्रसन काफले, यज्ञ प्रसाद डुम्रे, गंगा भट्टराई, बल रायमाझी, भरत प्रसाद घर्ती, विनोद जङ्ग कुवर, डम्बर इसान गौतम, दिपक के.सि. इन्द्र मणि ढकाल, गंगा बोगटी, कृष्ण पाण्डे, मीन प्रसाद दहाल, शिब प्रसाद पौडेल, प्रकाश के.सि., प्रेम थापा, राजन चौधरी, राज सुब्बा चयन हुनु भएको छ।

त्यसैगरी राम कृष्ण कोइराला, रमेश बुढाथोकी, संयोग सुवेदी, अमृत राउटे, योगेश बस्ने, यादब लामिछाने, सुनील बन्जरा, सुमन लोहनी, सर्बन कटुवाल, सुदिन आचार्य, प्रकाश चापागाइ, नबराज गैरे, पुर्ण ब. थापा, जल वीर राइ, नरेन्द्र ब. कडेल, नारायण खडका, मिलन पाण्डे, जगन्नाथ तिवारी, बिमल तिमिल्सिना, दिनेश खडका, राज कुमार खजुम, मोहन लिम्बाङ, सन्तोष कार्की, राजिब श्रेष्ठ, निर्मल भट्टराई, ऋषि राम ढकाल, सुरज गुरुङ, र पासाङ लामा रहनु भएको छ।

प्रवासी नेपाली एकता मंच पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता रहेको भर्चुअल बैठकमा प्रवासी नेपाली एकता मंच स्पेनका अध्यक्ष हेम शेर्पा, बेलायतका अध्यक्ष भक्त गुरुङ, अमेरिकाका अध्यक्ष प्रभु थापा, अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारका अध्यक्ष, चानक पोखरेल, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जर्मनीका अध्यक्ष चन्दकान्त आचार्य शुभकामना दिनु भएको थियो।

त्यस्तै गैर आवासीय नेपाली संघ पोर्चुगलका महासचिव हेमराज सुवेदी, प्रवासी नेपाली एकता मंच पोर्चुगल का पुर्व अध्यक्षहरु बलाराम बिक, बलाराम पाठक, सुभाष चन्द्र अधिकारी, मदन भण्डारी स्पोर्ट्स एकेडमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले नव गठित कमिटी को सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

नव गठित समितिका अध्यक्ष मदन लिम्बु र महासचिव दिपक खत्रीले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन चर्चित संचारकर्मी शान्ति अर्याल अधिकारीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु