२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ प्रवासी नेपाली एकता मंच पोर्चुगलद्वारा क्षेत्रीय समिति विस्तार,अध्यक्षमा नविन खड्का चयन

प्रवासी नेपाली एकता मंच पोर्चुगलद्वारा क्षेत्रीय समिति विस्तार,अध्यक्षमा नविन खड्का चयन

प्रवासी नेपाली एकता मंच पोर्चुगलले संगठन बिस्तार गर्ने क्रममा विभिन्न क्षेत्रमा क्षेत्रीय कमिटीहरू गठन गरेको छ।

गत फ्रेवरी १४ तारिख मा भएको बृहत भेलाले लिस्वन मा कमिटी गठन गरे लगत्तै बिभिन्न क्षेत्रमा क्षेत्रीय कमिटीहरू बिस्तार गर्न लागिएको संगठन का अध्यक्ष मदन लिम्बू ले बताउनु भयो।

जुन ३ तारिख बिहीबार लिस्वनको सेतुवाल लारन्जिईस मा उपस्थित भेलाले नविन खड्काको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको छ।

नव गठित कमिटीको उपाध्यक्षमा अनिल कोइराला , कमला मगर , रमेश रिमाल , रहनु भयको छ। त्यस्तै गरी महासचिवमा मनोहर रेग्मी , सचीवहरु सुदिप अधिकारी , बिनय बराल , उमेस्वर भण्डारी , कोषाध्यक्ष पुष्कर चौलागाईं सह कोसाध्यक्ष खगराज जिरेल रहनु भएको छ।

त्यस्तै सदस्यहरु निराजन गिरि , चिरञ्जीवी भट्टराई , सुदिप बि क , सुदर्शन लामिछाने , सुरज सापकोटा , कमल भण्डारी , मनमाया थापा , बृन्दा कार्की , अनुप पौडेल , नवीन रिजाल , सबिना अधिकारि , बिजय बस्नेत , सुदर्शन भट्टराई , जगत थापा , सुदिप महर्जन रहनु भएको छ।

सम्पूर्ण नबनिर्बचित कार्यसमिति र प्रमुख सल्लाहकार शक्ति भट्टराई लगाएत को समुहलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै संगठनका अध्यक्ष मदन लिम्बूले ठुलो संख्यामा नेपाली बसोवास भएको यस छेत्रमा गठित संगठनले यहाँ रहेका आम नेपाली जनसमुदायसँग नजिक रहेर हर नेपालीको सुख -दुखको सारथि बन्नेमा आफु विस्वस्त रहेको बताउनु भयो।

संगठनले लिस्वन भन्दा बाहिर रहेका नेपाली युवाहरूलाई समेत संगठित गराउने उद्देश्यले अन्य विभिन्न क्षेत्रमा पनि छिट्टै भेला गरी कमिटी गठनको तयारी गरिरहेको महासचिव दिपक खत्रीले जानकारी दिनुभयो।

संगठन पोर्चुगलमा रहेका नेपालीहरूको हरेक दुख -सुख नजिकको अभिभावक बन्दै आईरहेको छ भने देशमा हुने गरेका विभिन्न किसिमका समस्याहरूमा आर्थिक सकंलन गरी पीडितहरूको घाउमा मलम लगाउने जस्तो पवित्र कार्यहरू गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु