२०७७ फागुन २२ गते शनिवार | March 06, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ प्रवासी नेपाली एकता मंच बेल्जियमको पुनर्गठन

प्रवासी नेपाली एकता मंच बेल्जियमको पुनर्गठन

प्रवासी नेपाली एकता मंच बेल्जियमको पुनर्गठन भएको छ। यसै हप्ता जित लामाको अध्यक्षतामा एकाउन्न सदस्सीय समिति गठन भएको हो।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको अन्तरास्ट्रिय समन्वय कमिटीको अध्यक्ष युबराज चौलागाईंको प्रमुख आतिथ्यता र सचिव श्री प्रसाद शाहको विशेष आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले सो समितिको गठन गरेको हो।

प्रमुख अतिथी अध्यक्ष चौलागाईले सो भेलामा नेपाली जनताले कम्युनिस्ट पार्टीको बिश्वास र भरोसामा झण्डै दुई तिहाई जनमत पाएको पार्टीको नेतृत्वलेनै पार्टीको विधि- बिधान कुल्चेर आफ्नो गुटलाई मात्रै लिएर जनमतको हुर्मत लिने काम भएको बताए।

त्यसैगरी केन्द्रीय सचिव शाहले नेपाली कम्युनिस्ट आन्दोलनप्रती गद्दारी गरेर वलिले कलङ्कको टीका लगाएको छ। यस्तो तानाशाही, प्रतिगमनकारी कदमको र पछिल्लो चरणमा देखापरेको वलि ग्याङ्को फाशिस्टिकरणको हामी प्रवासबाट जोड्दार विरोध गर्दछौ भने।

मंचका अध्यक्ष जित लामाले देशको प्रधानमन्त्री केपी ओलीले पौष ५ गरेको संसद विघटन नेपालको संविधान, लोकतन्त्र र नेपाली जनताको अभिमत बिरुद्ध छ। नेपाली जनताको लामो त्याग र बलिदानिपूर्ण आन्दोलनका उपलब्धि सङ्घियता ,धर्म निरपेक्षता,समाबेशितालाई नमान्ने कुचेस्टासाथ गरिएको प्रतिगमन हो। यसको जति निन्दा गरे पनि कम हुने बताए ।

भेलाले मंचका पूर्व अध्यक्ष सुरेन्द्र भुसाल, सल्लाहकार तथा सचिव रमेश कंडेल रहेको ५१ सदस्यीय प्रवासी नेपाली एकता मंच बेल्जियमको पुनर्गठन गरेको छ। मंचको अध्यक्ष -जित बहादुर लामा, सचिव – रमेश कडेल, सदस्यहरू बिरमान घर्ती मगर, कृष्ण खतिवडा , अर्जुन (यम) दाहाल, प्रकाश पौडेल , लोक प्रसाद दहाल, कल्पना मगर, कृष्ण तिवारी , सुष्मा भुसाल, कृष्ण पौडेल, दुर्गा सुवेदी , चित्र सुवेदी , पवन सुवेदी , भिम सुवेदी , राम चन्द्र सुवेदी, सरस्वती सुवेदी , समिता सुवेदी ,रहेका छन्।

त्यसैगरी अन्य सदस्यहरूमा होम गुरुङ , मनिश गुरुङ , निर्मला बजगाई , लोक बहादुर नेपाली, घनश्याम शर्मा , सुशिला खतिवडा , गङ्गा शर्मा, लिलाधर पन्त, टिकाराम पौडेल , अर्जुन अधिकारी , सुदेश मणि पोख्रेल , कृष्ण न्यौपाने ,अर्जुन तिवारी , प्रशान्त श्रेष्ठ , डिल्ली राम भण्डारी , भरत पन्त, ज्ञानेन्द्र घिमिरे ठाईला , खेम न्यौपाने (आन्तोर्पेन) देबेन्द्र राज पौडेल , साबित्र भारती , कृष्ण सुनार, रबिन श्रेष्ठ , दिल बहादुर मगर, सुजन ढकाल, सुमन निउरे, कर्ण बिक, खेम न्यौपाने (वस्टन्डे), बिनोद महर्जन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु