२०७८ मंसिर १७ गते शुक्रवार | December 03, 2021

Bharat Poudel

गृहपृष्ठ प्रवासी नेपाली एकता मञ्च कतारले रक्तदान कार्यक्रम गर्ने

प्रवासी नेपाली एकता मञ्च कतारले रक्तदान कार्यक्रम गर्ने

प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा रामहरी गैरे मनोनित भएसँगै मञ्चलाई सामाजिक कार्यमा अगाडि बढाउने योजना स्वरुप आगामी अप्रील १६ तारिक प्रवासी नेपाली एकता मञ्च कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरमा रक्तदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष रामहरी गैरेले जानकारी दिए। कतारमा विभिन्न पेशा ब्यावसायमा आवद्ध भएर रहेका सम्पुर्ण नेपालिहरुलाइ उक्त दिन ब्लड डोनर सेन्टरमा उपस्थित भएर रक्तदान गर्न समेत अध्यक्ष गैरेले अपिल गरेका छन्।

मञ्चको पुर्बअध्यक्ष चानक पोखरेलले संगठनको बिधान अनुरुप काम नगरेको ठहर गर्दै बहुमत सदस्यको निर्णयमा पोखरेललाइ पदमुक्त गरी गैरेलाई नयाँ अध्यक्षको जिम्मेवारिमा मनोनित गरेको थियो। गैरेको आगमन सगै मञ्चले सामाजिक क्षेत्रमा धेरै कामहरु गर्ने अपेक्षा मञ्चका सुभेच्छुकहरुले लिएका छन्।

विश्वको सबै भन्दा प्रभावकारी स्वास्थ सुबिधा उपलब्ध गराउन सफल भएकोले कतारमा पछिल्लो समय उपचार गराउन आउने मान्छेहरुको संख्या बढ्न थालेको छ। अहिले केही नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरु पनि यहि उपचाररत छन्।

साथै कतारले यसै बर्ष महत्वपूर्ण फुटबल खेलहरुको आयोजना गर्दै अर्को बर्ष अर्थात सन २०२२ मा फिफा विश्वकप पनि आयोजना गर्ने अन्तिम तयारीमा छ। सो कारण पनि रक्तदान कार्यक्रम अत्यन्तै प्रभावकारी हुने हुँदा आफुहरु यो कार्यक्रममा सकेसम्म धेरै सहभागी गराउने गरी लागि परेको मञ्चका सचिव मोहन कार्किले बताए।

कार्यक्रमलाई भब्य ढंगले सफल बनाउन मञ्चले अध्यक्ष रामहरी गैरे, सचिव मोहन कार्की लगायत सदस्यहरु राजु डुम्रे, नन्द ढुंगाना, अमित गौतम र पुष्पराज लम्साल सहितको सहजिकरण टिम बनाएर प्रचारप्रसार सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु