Covid-19
City Express

प्रवासी नेपाली एकता मञ्चले छान्यो नेता

पोल्यान्डको अध्यक्षमा टंंक कट्वाल र सचिवमा विनोद आचार्य


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेश स्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रवासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो । प्रवासी नेपाली एकता मञ्च पोल्याण्डको अध्यक्षमा टंक कट्वाल मनोनित भएका छन् । त्यस्तै सचिबमा बिनोद आचार्य र सदस्यहरुमा क्रमशःलक्ष्मी प्रसाद भट्टराई,शेरबहादुर परियार, आनन्द घिमिरे,नबराज ढकाल, अक्षय रिजाल, करण कंडेल, गणेश थापा, टेकनाथ गुरागाईं, ईश्वर देबकोटा, सन्तोष अधिकारी, मनिषमान श्रेष्ठ, लालमाया पुन, राजु पुन, प्रशंशा प्रधान र आचल सुवेदी रहेका छन।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो ।यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई (ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु