२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ प्रवासी नेपाली एकता मन्च नेदरल्यान्ड्सले गर्यो जिम्मेवारी हेरफेर

प्रवासी नेपाली एकता मन्च नेदरल्यान्ड्सले गर्यो जिम्मेवारी हेरफेर

प्रवासी नेपाली एकता मन्च, नेदरल्यान्ड्सले एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट आज सम्पन्न गरेको छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य राजन भट्टराईको प्रमुख आतिथ्य र पुर्व युरोप उप- संयोजक पुष्प तिमल्सिना बिशेष आतिथ्यमा सन्चालन भएको थियो।

उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको र जिम्मेवारी समेत हेरफेर गर्दै प्रेम काजी गुरुङ ( मनु)अध्यक्ष र सचिवमा हेम कुमारलाई सर्वसम्मतले मनोनित गर्दै १९ सदस्यिय कमिटी बिस्तार गरेको नवनियुक्त सचिब हेम कुमारले जानकारी गराएका छन्।

त्यसैगरी सदस्यहरुमा क्रमस :टिका राम सापकोटा , राजेन्द्र चापागाइ , बिनोद बस्नेत , उदय नेपाली , केशब राज पाण्डे , लक्ष्मण रिजाल, जोग गुरुङ, रबिन्द्र खड्का, कृष्ण गुरुङ, हरी बिष्ट , जयलाल सापकोटा ,सुनिल गुरुङ , चन्द्र कुँवर , पूर्ण कंडेल ,जीवन पुन मगर ,नवराज खड्का ( बिनोद ) डम्बर क्षेत्री रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनमा जाने तथा लोकतान्त्रिक प्रकृया र पद्धतिबाटै वर्तमान अवस्थामा देखिएको समस्या हल हुने तथ्यका साथ उठाएका ऐतिहासिक कदम पूर्णरुपमा संबैधानिक रहेको ठहर गर्दै सर्वसम्मत एक्यवद्धता मन्चले जाहेर गरेको छ।

प्रवासमा रहेर पनि पार्टीलाई हर सम्भव सहयोग गर्न र पार्टीलाई उचाइमा पुर्याउन प्रवासी नेपाली एकता मन्चले देखाएको साहस र तत्परताको खुलेर प्रसंशा गर्दै प्रमुख अतिथी राजन भट्टराईले बैठकलाई संबोधन गरेका थिए भने प्रबास कमिटीको भूमिका पार्टीमा संधै महत्वपूर्ण रहने बताएका थिए।

समसामयिक बिषयमा आफ्ना महत्वपूर्ण कुराहरु राख्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुर्य चिन्ह लिएर बिजय हासिल गर्ने कुरामा दुइमत नरहने बताएका थिए।

त्यसैगरी पुर्व युरोप उप -संयोजक पुष्प तिमल्सिनाले नेकपाका सतिसालहरु कहिल्यै बिचलित नहुने स्पस्ट परेका थिए। करिव ३ घण्टा चलेको बैठकको मन्चका अध्यक्ष प्रेम काजी गुरुङ्( मनु ) ले अध्यक्षता गरेका थिए भने सन्चालन टिकाराम सापकोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु