२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ प्रवासी नेपाली मंच यूरोप कमिटीले गर्यो आफ्ना कार्यकर्ता प्रशिक्षण

प्रवासी नेपाली मंच यूरोप कमिटीले गर्यो आफ्ना कार्यकर्ता प्रशिक्षण

प्रवासी नेपाली मञ्च महादेशिय कमिटी युरोपले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।


जनवरी ३० मा भर्चुअल रूपमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा २१ देशका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी उपमहासचिव विष्णु रिमालको प्रमुख आतिथ्यतामा स्थाई कमिटी सदस्य एवं प्रवास इन्चार्ज डा राजन भट्टराई र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटी अध्यक्ष भक्त गुरुङको बिशेष आतिथ्यतामा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटी सदस्य एवं युरोप इन्चार्ज भक्त वाग्ले , सचिवालय सदस्य डा. बिमला भन्डारी सदस्य हेम शेर्पा , सदस्य कर्णबहादुर शाहीको आतिथ्यतामा सम्पन्न भएँको छ।

विगतमा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामहरुका बारेमा प्रशिक्षण गर्दै प्रमुख अतिथि उपमहासचिव विष्णु रिमालले तथ्याङ्क सहित प्रस्तुत गर्नु भयो।

कतिपय अत्यन्त महत्वपूर्ण कामहरू भएका तर सरकारले गरेको कामको त्यति सार्वजनिक बहसमै नआएको कुराहरू सहित महत्वपूर्ण जानकारी पनि दिनुभयो।

साथै आगामी तीनै तहको निर्बाचनमा सरकारले गरेका कामहरु लाई जनताको बिचमा लैजान जरुरी रहैको भन्दै कार्यकर्ता लाइ निर्देश समेत गर्नु भएँको छ। त्यस्तै पार्टीको दशौ महाधिवेशनको सन्देशका बारेमा इन्चार्ज डा. राजन भट्टराईले तल्ला कमिटीमा प्रबाह गर्ने कामहरू मध्ये युरोप कमिटी पहिलो भएको भन्दै धन्यवाद ब्यक्त गर्नु भयो।

साथै पार्टी अहिले एक ढिक्का भएको कुनै गुट नभएको र हुन नहुने बताउनु भयो। महाधिवेशनले पार्टीमा नेपाली जनताको आशा अझै वृद्धि भएको निष्कर्ष निकालेको बताउनु भएको छ। त्यसै गरी अध्यक्ष भक्त गुरुङ ले प्रवासमा बसेर पनि हामीले हाम्रो देशको विकासका लागी, पार्टीको कामको लागी हातेमालो गर्न सक्ने शिप पुँजी र लगानिमा हाम्रो महत्वपुर्ण भुमिका रहने बताउनु भएँको थियो।

प्रवासी नेपाली मञ्च युरोप महादेशिय कमिटीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतमा चलेको कार्यक्रममा उपाध्यक्ष बोधराज पौडेलले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन महासचिव शिब चापागाईले गर्नु भएँको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु