गृहपृष्ठ प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा पौडेल
प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा पौडेल
को हुन त पौडेल ?यस्तो छ उनको राजनितीक यात्रा

प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा कास्कीका गोविन्द पौडेल सर्व सम्मत चयन हुनुभएको छ ।
जुलाई ४ तारिख को दिन बसेको युरोपियन स्तरीय अगुवा कार्यकर्ता भेलाले पौडेल को नेतृत्व मा ७५ सदस्सीय युरोप कमिटी को सिफारिस गरेको थियो ।
नव गठित कमिटीको उपाध्यक्ष मा चन्द्रकान्त आचार्य जर्मनि ,बोध राज पौडेल बेल्जियम ,विनोद ज्ञवाली बेलायत, महासचिब मा शिब चापागाईं डेनमार्क, सचिवहरु दिपक खरेल स्पेन ,चन्द्र शर्मा बेल्जियम , कोषाध्यक्ष मा जङ्ग अधिकारी आएरल्याण्ड , सहित ७७ सदस्य रहेको कमिटी सिफारिस गरेकोे थियो ।
प्रबासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटी को निर्णयलाई पार्टी केन्द्रीय कमिटी को अनुमोदन सँगै यो कमिटीले पुर्णता पाएको छ ।
कास्कीको पोखरामा २०३१ मा जन्मिनु भएका पौडेल बिधार्थी काल देखि नै राजनीति मा निकै सक्रिय हुनुहुन्थ्यो।
झन्डै एक दशक भन्दा लामो समय प्रवासमा बिताउँदै गर्दा सामाजिक तथा राजनीतिक कार्यलाई समेत निरन्तरता दिदै आउनु भएको छ ।फलस्वरुप यस भन्दा अगाडि प्रवासी नेपाली एकता मंच पोर्चुगलकोअध्यक्ष, एनआरएनए पोर्चुगलको उपाध्यक्ष , सल्लाहकार लगायत बिभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएँको छ। हाल कास्की आदर्श समाज अन्तराष्ट्रीय समितीको केन्द्रीय अध्यक्ष समेत हुनु हुन्छ ।
२०५४ सालमा अनेरास्ववियु कास्की को सचिव ,२०५६ सालमा युबा संघ कास्कीको सचिव ,२०५८ साल देखी २०६४ साल सम्म नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य भएर राजनीतिक तथा सामाजिक कार्यहरूमा सशक्तभुमिका निर्वाह गरिरहनु भएका पौडेल अचानक २०६४ साल देखि प्रवासी जिवन ब्यतित गर्न लाग्नु भयो ।