२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ प्रवासी प्रवाह अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै

प्रवासी प्रवाह अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै

गैरआवासीय नेपाली संघको भाषा , साहित्य , सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले यहि मे १७ आइतबार देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम ” प्रवासी प्रवाह ” संचालन गर्ने भएको छ ।

कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार , १७ मे , नेपाल समय बेलुकी ८ बजे देखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्य बाट शुभारम्भ हुने र साहित्यकार जिवा लामिछाने ( जर्मनी ), गोपाल रेग्मी ( अमेरिका ) र उषा शेरचन ( नेपाल ) सङ्ग बिशेष कुराकानी र उहाहरुका रचना पाठ हुनेछन । समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशिल बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ । यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्दैछिन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु