गृहपृष्ठ प्रेरकवक्ता साइग्रेस पोखरेल उर्जाशील जीवनकालागि सकारात्मक सन्देश प्रवाह गर्न पोर्चुगल आउने
प्रेरकवक्ता साइग्रेस पोखरेल उर्जाशील जीवनकालागि सकारात्मक सन्देश प्रवाह गर्न पोर्चुगल आउने

चक्र गुरुङ, लिस्वन
गैरआवासीय नेपाली संघ, पोर्चुगलले उर्जाशील तथा सकरात्मक सन्देशमूलक कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी जनवरी २२ मा जम्बुजिरा र २३ मा लिस्बनमा हुने कार्यक्रममा चर्चित कथावाचक तथा प्रेरकवक्ता (Motivational Speaker & Story Teller) साइग्रेस पोखरेलको प्रस्तुति रहने छ। पोखरेलले यसअघि युरोपको माल्टा, बेल्जियम, स्पेन, स्वीडेन लगायतका मुलुकहरुमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन्।
पोर्चुगलमा नेपाली समूदायको वृध्दिसँगै सामाजिक र मानसिक समस्याहरु पनि बढ्दै गएकोले उनीहरुमा सकरात्मक सोचाइको विकास गर्न र उर्जाशील जीवन, सफल, प्रेरणादायी एवं अर्थपूर्ण भविष्यका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले जानकारी दिए।
हेर्नुहोस् उनको कार्यक्रमको बिस्तृत विवरण :
विषय : कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध।
आदरणीय पोर्चुगलबासी दिदीबहिनी तथा दाजुभाइहरु,
सादर नमस्कार !
पोर्चुगलमा नेपालीहरुको निरन्तर बढ्दो आगमन र उपस्थिति संगै समुदायमा भौतिक, मानसिक लगायतका अनेकौं खालका समस्याहरु पनि दिनहुँ वृद्धि हुँदै गइरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै व्यक्ति, समुह र समुदायमा उत्साह र उर्जाशील जीवन, सफल, प्रेरणादायी एवं अर्थपूर्ण भविष्यका लागि सकारात्मक उर्जा भर्न र असल सन्देश प्रवाह गर्ने हेतुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, पोर्चुगल (NRNA-NCC, PORTUGAL) को आयोजनामा चर्चित, उर्जाशील र प्रेरक वक्ता (Motivational Speaker & Story Teller ) Saigrace Pokharel साइग्रेस पोखरेलको उपस्थितिमा विशाल सहभागिता सहितको उर्जामय र सकारात्मक सन्देशमूलक (Motivational Programme) कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रमको मिति, समय र स्थान :
लिस्बन :
मिति : २३ जनवरी २०२३, सोमबार।
समय : दिनको ३:०० बजे
स्थान : Alameda Mahatma Gandhi
1600-500, Lisbon (राधाकृष्ण मन्दिर )
जम्बुजेइरा : Zambujeira Do Mar
मिति : २२ जनवरी २०२३, आइतबार।
समय : दिनको ३:०० बजे ।
स्थान : Sala de Zambujeira Do Mar
धन्यवाद !
- गैरआवासीय नेपाली संघ (NRNA-NCC, Portugal), पोर्चुगल।