गृहपृष्ठ प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिदै पत्रकार महासंघ पोर्चुगल शाखाले जारी गर्यो बिज्ञप्ति
प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिदै पत्रकार महासंघ पोर्चुगल शाखाले जारी गर्यो बिज्ञप्ति

हरेक बर्ष मे ३ तारिखका दिन विश्वभर पत्रकार एवम् आमसंचार जगतले प्रेस स्वतन्त्रता दिवस मनाउदै आएका छन्।कलमको मसिको द्वारबाट निस्कने अभिव्यक्ति सबैभन्दा शक्तिशाली हुन्छ भन्ने प्रमाणित भैसकेको छ।कैयौं तानाशाहरु पत्रकारको एउटा लेखले ढलेका धेरै उदारहण हामी माझ छन्।
आजको दिन प्रेस स्वतन्त्रता पक्षधरहरुको स्वर्णिम दिनका रुपमा पनि लिने गरिन्छ।यसै अवसरमा नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाले एक शुभकामना बिज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता पक्षधरलाई एक हुन आव्हान गरेको छ।
संयोजक योगेन्द्र मिलन छन्त्यालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विश्व प्रेस स्वतन्त्रता तथा निस्पक्ष अभिव्यक्तिका खातिर अहोरात्र खट्ने र जिवननै बलिदान गर्ने महानुभावहरुप्रती उच्च सम्मान गर्दछौ भनिएको छ।साथै नेपाल पत्रकार महासंघ,पोर्चुगिस मिडिया एवम् नेपाली समुदायबीचमा निरन्तर सहकार्य गरी पत्रकारहरुको पेशागत सुरक्षाको मामिलामा कुनै कसर बाकी नराख्ने उल्लेख गरिएको छ।
यसै अवसरमा आज दिउँसो ४ बजे शाखाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको प्रवक्ता पेम्बा गेलु शेर्पाले एक सूचना मार्फत जानकारी गराएका छन्।उक्त कार्यक्रममा पोर्चुगलमा सक्रिय सम्पूर्ण पत्रकार ,संघ-सस्था एवम् विभिन्न नेपाली जनसमुदायलाई सहभागिताका लागि आग्रह गरिएको छ।