२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ फरक शैलिमा म्याग्दी प्रवासी संघ पोर्चुगलको आठौं अधिवेशन भब्य रुपमा सम्पन्न ,कलाकारहरुको प्रस्तुतिले उपस्थित नेपालीहरु छमछमी नाचे

फरक शैलिमा म्याग्दी प्रवासी संघ पोर्चुगलको आठौं अधिवेशन भब्य रुपमा सम्पन्न ,कलाकारहरुको प्रस्तुतिले उपस्थित नेपालीहरु छमछमी नाचे

म्याग्दी प्रवासी संघ विश्व संजाल जोडिएको एक प्रतिष्ठित सस्था।अझ थप नामले चिन्नु पर्दा मोना।म्याग्दी वासी नेपालीहरुको साझा सस्था आफैंमा लोकप्रिय सस्था।

आज मोना पोर्चुगलले फरक शैलीमा आठौं अधिवेशन सम्पन्न गर्यो।अधिवेशन स्थलमा उपस्थित हुँदा लाग्थ्यो ,साच्चिकै म्याग्दिकै अनुपम स्थलमा जोडिएको भान हुन्थ्यो।

उपस्थित नेपाली दाजुभाइ ,दिदिबहिनीहरुको स्वागत,सत्कार,भेषभुसाले नेपालीत्व स्पष्टरुपमा झल्किन्थ्यो।नेपाली पहिचान,मातृत्व,कला विकासमा मोनाको योगदान कति महत्वपूर्ण छ भन्ने स्पष्ट तथ्य आजको कार्यक्रमले झल्काएको थियो।

म्याग्देली दाजुभाइ,दिदिबहिनी तथा अन्य नेपालीहरुको भब्य उपस्थितिकाबीच सम्पन्न आठौं महाधिवेशनले नरफगामी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विकाश सुवेदी चयन भएका छन् भने उपाध्यक्षहरुमा रमेश पुन,होम बहादुर छन्त्याल ,सन्देश पुर्जा,महिला उपाध्यक्षमा टीका गर्बुजा सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा तेजिन्द्र छन्त्याल ,सचिवमा लोक बहादुर घर्तिमगर र मोहन बानिया चयन भएका छन्।त्यसैगरी अधिवेशनले कोषाध्यक्षमा कल्पना जुग्जाली,सह-कोषाध्यक्षमा उत्तम थकालीलाई निर्वाचित गरेको छ।

त्यस्तै युवा संयोजकमा भविन पुन,खेलकुद संयोजकमा इन्द्र रोका चयन हुँदा सहसंयोजकमा निराकर मल्ल ,सांस्कृतिक संयोजकमा नरेन छन्त्याल र सहसंयोजकमा सिमा पुन सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा भिम रोका,कुन्जन पुन,राजुमा गर्बुजा,निल कुमारी फगामी,दिशान्त थापा र रमेश छन्त्याल चयन भएका छन्।अधिवेशनले संरक्षक र सल्लाहकार समिती पनि निर्माण गरेको छ।

संरक्षकमा निवर्तमान अध्यक्ष रविन पुन रहेका छन् भने सल्लाहकारहरुमा वकिल केसी ,रजिन भण्डारी र धन थापा रहेका छन्।कार्यक्रम लिस्वन स्थित नेपाली अवैतानिक वाणिज्य दुत मकर बहादुर हमालको प्रमुख आतिथ्यता र सस्थाका निवर्तमान अध्यक्ष रविन पुनको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल,एनआरएनए नेदरल्यान्डका अध्यक्ष भिम पुर्जा,पुर्व आइसिसी सदस्य सुर्य हमाल,एनआरएनए आइसिसी सदस्य राजकुमार थापा,जनजाति महासंघ पोर्चुलका अध्यक्ष चोप कुमार मगर ,वोमेन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ती अर्याल अधिकारी, जनसम्पर्क समिति पोर्चुगलका सभापति वकिल केसी ,अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे,मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुन,गुल्मी समाजका अध्यक्ष अमृत रिजाल ,एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष रविन अधिकारी र नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव कलश खरेल लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए। त्यस्तै सो कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्व महासचिव हेमराज सुवेदी ,एनआरएनए पोर्चुगलका उपाध्यक्ष दिनेश खड्का लगायत विभिन्न संघ-सस्थाका प्रमुख एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा कलाकार सुबास पुन,देबी गर्बुजा मगर ,मेक्कु घर्ती लगायत कलाकारलाई विशेष सम्मान गरिएको थियो।गायक सुवास पुनले गीत गाउदा उपस्थित नेपालीहरु नाचमा एकछत्र झुमेका थिए भने देबी गर्बुजा मगर,मेक्कु घर्ती लगायतका कलाकारको नृत्यले कार्यक्रम थप मनोमहोक बनेको थियो।कार्यक्रम सस्थाका महासचिव दिपु फगामीले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु