गृहपृष्ठ फिल्म ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा
फिल्म ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा

फिल्म ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा शनिबारदेखि सुरु भएको छ।
प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली टर्किस एयरलाइन्सबाट शुक्रबार रोमानिया आइपुगेका छन्।
यस अगि पनि रोमानिया मा नेपाली स्टेज शो कार्यक्रम आयोजना गरि सकेका आयोजक नरेश गिरि का अनुसार रोमानियाको प्रख्यात ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासी मा फिल्मको छायांकन हुने जनाइएको छ।
छायांकन समय १५ दिनको रहने भएको छ। यस फिल्ममा रोमानिया पुगेका नेपालीको कथावस्तु समेत समेटेर छायांकन गर्न लागिएको जानकारी प्राप्त भएको छ। त्यसपछिको बाँकी छायांकन भने सेड्युल अनुसार रहेको बताएका छन्।
मल्टिस्टारर फिल्ममा आँचल र विवेकले जोडी बाँध्दैछन्। यसै फिल्मबाट डेब्यु गर्न लागेका कमेडी च्याम्पियन पन्तले यसमा गैरआवासीय नेपालीको भूमिकामा अभिनय गर्न लागेका बुझिएको छ।
रोमानिया आइपुगेका टोलीमा नृत्य निर्देशक कविराज गहतराज, सह अभिनेत्री सृष्टि खड्का, प्रोडक्सन डिजाइनर क्षितिज सुवेदी समेत छन्। निर्देशक मिलन चाम्स, अभिनेता विवेक कर्माचार्य र छायांकार सुदीप बराल गत साता नै रोमानिया आइ पुगेका हुन्।
फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त,किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ। नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन्।
एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको कार्यकारी निर्माता डा. अमित रिजाल रहेका छन्। फिल्ममा अर्जुन पोखरेल र युग भुसालको संगीत,सुदिप बरालको डिओपी, अर्जुन जिसीको सम्पादन र रविन्द्र सुवेदीको छायांकन रहनेछ।