२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ फोहोर व्यवस्थापन र ट्राफिक खुकुलो बनाउने सन्दर्भमा मेयर बालेन र काठमाडौं प्रहरी प्रमुख बीच छलफल

फोहोर व्यवस्थापन र ट्राफिक खुकुलो बनाउने सन्दर्भमा मेयर बालेन र काठमाडौं प्रहरी प्रमुख बीच छलफल

काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुक र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

धानुक र बालेनबीच राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेटघाट तथा छलफल भएको हो।

छलफलमा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी सहभागी थिइन्।

उनीहरूबीच काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ।

ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाका सम्बन्धमा पनि छलफल भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु