२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ फोहोर व्यवस्थापन वर्गीकरणअनुसार हुने

फोहोर व्यवस्थापन वर्गीकरणअनुसार हुने

काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ।

सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताइन।

व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताइन।

फोहरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भएको र दुई स्थानीय तहको निर्वाचन भएपनि अहिलेसम्म ठूला सहरमा समस्या ज्यूँका त्यूँ भएको उनको भनाइ थियो।

उनले भनिन्, “अहिले हामीले समन्वय गरेर फोहर व्यवस्थापनमा लागेका छौँ।” मन्त्रिपरिषद्ले स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा प्राविधिक सहायता उपलब्ध गराउन मन्त्रीको अध्यक्षतामा फोहरमैला व्यवस्थापनका लागि प्राविधिक केन्द्र बनाएको छ । कुन फोहरलाई कसरी विसर्जन गर्ने भनी सहायता गर्ने उद्देश्य रहेको सो केन्द्रको सङ्गठन र व्यवस्थापन (ओएन्डएम) बन्ने क्रममा रहेको उनले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु