२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ फ्रान्सका पूर्व रास्ट्रपति सारकोजीको हुने भयो जेल बसाई,अदालतले सुनायो सजाय

फ्रान्सका पूर्व रास्ट्रपति सारकोजीको हुने भयो जेल बसाई,अदालतले सुनायो सजाय

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीमाथि भ्रष्टाचारको आरोप प्रमाणित भएपछि तीन वर्षको जेल सजाय सुनाइएको छ। यसरी जेल सजाय पाउने उनी फ्रान्सको पहिलो पूर्वराष्ट्रपति हुन्।

आफूविरुद्ध अर्कै एउटा फौजदारी आपराधिक मुद्दामा सूचना दिएबापत् ठूलो पद दिने भनी एक म्याजिस्ट्रेटलाई घुस दिन खोजेको प्रमाणित भएपछि उनलाई सजाय सुनाइएको हो।

म्याजिस्ट्रेट र सारकोजीका पूर्ववकिललाई पनि त्यही सजाय सुनाइएको हो। सारकोजीमाथि अर्को छुट्टै मुद्दामा पनि सुनुवाइ हुन बाँकी छ।

उनले सन् २०१२ को राष्ट्रपतीय चुनावी अभियानमा गलत ढङ्गले थुप्रै खर्च गरेका थिए। सारकोजीले सन् २००७ मा राष्ट्रपतीय कार्यकाल पूरा गरेका थिए भने सन् २०१२ को पुनःनिर्वाचनको प्रयास भने असफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु