२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ फ्रान्सले २०२३ को अन्त्य सम्ममा नाइजरबाट आफ्नो सैनिक फिर्ता गर्ने

फ्रान्सले २०२३ को अन्त्य सम्ममा नाइजरबाट आफ्नो सैनिक फिर्ता गर्ने

फ्रान्सले नाइजरमा सन् २०२३ को अन्त्यसम्ममा आफ्नो सैन्य उपस्थिति हटाउने भएको छ। सेनाले नाइजरको सत्ता कब्जा गरेपछि दुई देशबीच तनाव बढेसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले आइतबार यस्तो घोषणा गरेका हुन्।

‘हामीले नाइजरसँग हाम्रो सैन्य सहकार्य अन्त्य गर्दैछौँ किनभने अब उनीहरू आतंकवादीहरुसँग लड्न चाहँदैनन्,’ उत्तर–पश्चिमी अफ्रिकी राष्ट्रको सैन्य नेतृत्वबारे टिप्पणी गर्दै म्याक्रोँले भने। फ्रान्सले अहिलेसम्म सेनाको नेतृत्वलाई मान्यता दिएको छैन । उसले राष्ट्रपति मोहम्म बाजुमलाई कू गरेर हटाइएको बताउँदै आएको छ ।

आफूहरू त्यहाँ आन्तरिक राजनीतिसँग जुझ्न त्यहाँ नगएका कारण सहकार्य अन्त्य गर्ने निर्णय गरिएको उनले बताए । आगामी दिनहरूमा फ्रान्सको सेना फर्कन सुरु गर्ने म्याक्रोँले जानकारी दिए ।

नाइजरको सैन्य नेतृत्वले फ्रान्सको निर्णयको स्वागत गरेको छ । सेनाले आफ्नो देशमा साम्राज्यवादी शक्ति र उप–निवेशवादीहरुलाई स्वागत नभएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु