गृहपृष्ठ बलात्कार मुद्दामा पूर्वसभामुख महराले पाए सफाइ
बलात्कार मुद्दामा पूर्वसभामुख महराले पाए सफाइ

निकै चर्चाको शिखरमा रहेको महरा बलात्कार काण्ड अन्ततः सेलाउने भएको छ।जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई बलात्कार सम्बन्धी मुद्दामा आज सफाइ दिएको छ।आजै एक सूचना मार्फत महराले सफाइ पाएको अदालतले जानकारी दिएको हो।अम्बरराज पौडेलको एकल इजलासले महरालाई सफाइ दिने आदेश दिएको हो।यस अघि आफ्नै कर्मचारी रोशनी शाही माथी बलात्कार प्रयास गरेको भन्दै महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। महराको पक्षबाट वकिलहरु रमण श्रेष्ठ ,शेरबहादुर के.सी ,भिमार्जुन आचार्य लगायतले बहस गरेका थिए।