Covid-19
City Express

बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या

पछिल्लो पुस्ताका भारतीय चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर श्रावजनिक भएको छ।

 

राजपुतको आत्महत्याको खबर श्रावजनिक भए पनि उनले आत्महत्या गर्नुको कारणबारे भने कुनै खुलासा भएको छैन । मुम्बई प्रहरी अनुसन्धानको लागि उनको घरमा पुगेको बताइएको छ ।

 

 

सुशान्तका घरेलु कामदारले प्रहरीलाई उनको आत्महत्याबारे जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।
आफ्नै घरमा डोरिले पासो लगाएर आत्महत्या गरेको बताइएको छ।आत्महत्या सन्दर्भमा सत्यतथ्य अनुसन्धान पछि मात्र भन्न सकिने त्यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ।

३४ वर्षीय सुशान्त भारतको पटनामा जन्मिएका थिए। भारतीय टिभीमा पनि कार्यरत उनी हिन्दी चलचित्रका अभिनेता पनि थिए । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । उनी अर्को टेलीश्रृङ्खला पवित्र रिश्ताबाट निकै लोकप्रिय बन्न पुगेका थिए।

 

 

टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाएका थिए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिणती चोपडासँग अभिनय गरेका थिए ।

 

उक्त चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका थिए। उनको अचानक आत्महत्याको खबरले फिल्मकर्मी र शुभचिन्तक स्तब्ध बनेका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु