२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ बलिउड अभिनेत्री ज्याकलिनलाई पक्राउ नगर्न अदालतको आदेश

बलिउड अभिनेत्री ज्याकलिनलाई पक्राउ नगर्न अदालतको आदेश

सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिगड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन्।

बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ। यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ।

बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ। यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ।


अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो। इडीले भने जवाफ पेश गर्नका लागि समय मागेको छ। अदालतले ज्याकलिनको वकिललाई आफ्नो चार्जसिटको कपी सबै आरोपीलाई दिएको छ कि छैन भनेर सोधेको थियो।

जवाफमा वकिलले आफूलाई इडीले अदालतमा दिने भने पनि हालसम्म नपाएको बताएका थिए।

सुकेश हाल जेलमा छन्। सुकेशमाथि कैयौं व्यक्तिलाई ठगेको आरोप छ। गत १७ अगष्टमा इडीले चार्जसिट दर्ता गराएको थियो। जसमा ज्याकलिनलाई पनि २ सय करोडको रकम असुलीमा आरोपी पाइएको थियो। यसमा कैयौं साक्षी र प्रमाणलाई आधार बनाइएको थियो। यसपछि अदालतले उनलाई पत्र पठाएको थियो।

आफूमाथि आरोप लागेपछि ज्याकलिनले वकिलमार्फत जमानतको याचिका दर्ता गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु