२०७७ फागुन १८ गते मंगलवार | March 02, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ बसको ठक्करबाट कलाकार गहतराजको निधन

बसको ठक्करबाट कलाकार गहतराजको निधन

रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको निधन भएको छ।

बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको घर बुटवल चाँदबारी भएको खुलेको छ।

ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाबारे थप बिबरण आउन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। २६ बर्षिया पूजा गहतराज नृत्यङ्गना हुन् भने उनी नृत्य प्रशिक्षक समेत थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु