२०७७ चैत ३१ गते मंगलवार | April 13, 2021

Bharat Poudel

गृहपृष्ठ बहराइनमा गुल्मीका बिकको असामयिक निधन

बहराइनमा गुल्मीका बिकको असामयिक निधन

मनग्य धन कमाउने ,सम्पत्ति जोड्ने र सुखी जीवन जिउने चाहना कसलाई नहोला र!त्यही आशा र सपना बुनेर हरेक दिन नेपालीहरु सयौंको संख्यामा बिदेश पलायन हुने क्रम जारी छ।घरमा बुवाआमा,श्रीमती एवम् छोराछोरीको युगिन सपना बोकेर बिदेश छिरेको एउटा युवा जब मृत शरीर बनेर स्वदेश फर्किन्छ तब कस्तो होला घरपरिवारमा?यो कल्पना गर्न पनि गाह्रो छ।

अहिले त्यस्तै बज्रपात परेको छ गुल्मी आँपचौर निबासी त्रीकामनी बिकको घरपरिवारमा। अब सपना साकार हुने भयो भन्दै दिन गनिरहेका घरपरिवार अहिले बोल्न सक्ने अबस्थामा छैनन्।जुन छोराले घरभार धानिरहेको थियो त्यहि छोराको मृत खबर सुन्दा बुवाआमा भावबिहोल भएका छन् ।केही बर्ष अगाडि वैदेशिक रोजगारीको क्रममा उनी बहराइन पुगेको बताइएको छ।

त्यहाँ उनी एक होटलमा काम गर्दै आएका थिए।केही दिन अगाडि पेटमा समस्या भएपछि बहराइनको एक हस्पिटलमा उनलाई भर्ना गरिएको थियो।चेकजाँचका क्रममा उनको कलेजो र मुटुमा समस्या देखीएको अस्पतालले जानकारी दिएको थियो। उपचारकै क्रममा उनको निधन भएको अस्पताल प्रशासनले एक सूचना मार्फत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु