२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ बागलुङकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि

बागलुङकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि

अन्य देशको तुलनामा नेपाल कोरोना भाइरस संक्रमणबाट केही दुर देखिएपनि बिस्तारै संक्रमितको संख्या वृद्धि हुने क्रममा छ।पछिल्लो पटकको ल्याब परिक्षणमा बागलुङकी १९ बर्षिय युवतीमा कोरोना संक्रमण देखीएको हो ।

सो कुराको पुष्टि स्वास्थ मन्त्रालयले शनिबार एक पत्रकार सम्मेलन मार्फत गरेको हो।उनी गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी युवतीको नाम र थर बारे केही खुलाइएको छैन्।उनिसँँगै अर्का एक युवा पनि काठमाडौंं,पोखरा हुँदै बागलुङ सम्म यात्रा गरेको र ती युवालाई चेकजाँच गर्दा कोरोना सम्बन्धि कुनै लक्षण देखा नपरेको बताइएको छ।

यो थपिएको संख्या सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ।संक्रमित मध्ये एक जना निको भएर घर गइसकेको र २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ।

बाकी १ जनाको भने सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु