गृहपृष्ठ बागलुङ समाज पोर्चुगलको आयोजनामा भलिबल प्रतियोगिता सहित लोक गीत प्रतिस्पर्धा हुने
बागलुङ समाज पोर्चुगलको आयोजनामा भलिबल प्रतियोगिता सहित लोक गीत प्रतिस्पर्धा हुने

स्थापनाकालदेखीनै रचनात्मक एवम् श्रीजनात्मक कार्यलाई अगाल्दै आइरहेको बागलुङ समाज पोर्चुगल नेपालको कला,सस्कृती ,परम्परा र नेपालित्व झल्काउने अभियानमा तिब्रताकासाथ लागिरहेको छ।त्यस्तै कार्यलाई निरन्तरता दिने उद्देश्यले समाजको अगुवाईमा आगामी चैतै दशैको अबसर पारेर भलिबल प्रतियोगिता, बिबिध सासकृतिक कार्यक्रम सहित लोकदोहोरी प्रतियोगिता हुने भएको छ।कार्यक्रममा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ भने विभिन्न समुहबिच दोहोरी घम्साघम्सी पनि हुने छ।भलिबल खेलमा प्रथम हुनेलाई १६०० युरो पुरस्कार राशी राखीएको छ भने द्वितीय हुनेलाई १०५० पुरस्कार राशी राखिएको छ।अर्कोतर्फ लोकदोहोरी प्रतियोगितामा प्रथम हुने समुहलाई ५०० युरो पुरस्कार राशी राखीएको छ भने द्वितीयत हुने समुहलाई ३०० युरो प्रदान गर्ने समाजले घोषणा गरेको छ।कार्यक्रमलाई भब्य र शब्य बनाउन मुल ब्यबस्थापन समिति सहित ७ वोटा उपसमिति निर्माण गरिएको समाजले जानकारी दिएको छ।
उक्त कार्यक्रमको मुल ब्यबस्थापन संयोजकको जिम्मेवारी समाजकै अध्यक्ष प्रेम खड्कालाई तोकीएको छ।उपसमितिहरु अन्तर्गत आर्थिक ब्यबस्थापनको संयोजकमा समाजकै उपाध्यक्ष ओम बहादुर कार्की र सह-संंयोजकमा महासचिव बिक्रम गौतम,सास्कृतिक कार्यक्रम ब्यबस्थापन उपसमितिको संयोजकमा सचिव किरण दिप,खेल ब्यब्यस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष हरि मगर,अतिथि सत्कार उपसमिति संयोजकमा उपाध्यक्ष ज्ञानु गौतम,प्रचारप्रसार उपसमिति संयोजकमा फुर्वान रायमाझी ,मंच ब्यबस्थापन उपसमिति संयोजकमा बिमल गौतम र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा सुमन अखेली रहेका छन् ।
कार्यक्रम मार्च १५ मा लिस्बनको चर्चित स्थान Inatel Alvalade Av.Rio De Janeiro Parque De Jogos १ De Maio,१७००-३३० मा हुने छ।समाजले उक्त दिन विभिन्न संघ-सस्थाका प्रमुख,प्रतिनिधि ,पत्रकार एवम् सम्पुर्ण नेपालीहरुलाई उपस्थित जनाई कार्यक्रमको मनोरञ्जन लिन विशेष आग्रह गरेको छ।