२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ बागलुङ समाज पोर्चुगलको अधिवेशन जुलाई १८ मा हुने, अधिवेशन सफल बनाउन मुल समिती गठन

बागलुङ समाज पोर्चुगलको अधिवेशन जुलाई १८ मा हुने, अधिवेशन सफल बनाउन मुल समिती गठन

बागलुङ समाज पोर्चुगलको दोस्रो अधिवेशन आगामी जुलाई १८ मा हुने भएको छ।अधिवेशन सम्पन्न गर्न समाजका अध्यक्ष प्रेम बहादुर खड्काको संयोजकत्वमा १०१ अधिवेशन तयारी समिति गठन गरिएको छ।

बागलुङ जन्मथलो रहि पोर्चुगलमा कर्मथलो बनाउदै आएका नेपाली समुदायहरु एकजुट भएर सन् २०१० मा समाज स्थापना भएको हो।

समाजले स्थापनाकालदेखीनै रचनात्मक एवं सृजनात्मक कार्य गर्दै आइरहेको छ भने पोर्चुगलको नेपाली समुदायमा लोकप्रिय सस्थाको रुपमा पनि स्थापित छ।

समाजले बाग्लुङमा भएका दैबिक प्रकोप, आर्थिक स्थिति कमजोर भएका मृगौला पीडित, क्यान्सर पीडित, कोभिड पीडितहरुलाई उपचार सहयोग, जिल्ला स्वास्थ क्षेत्र, शैक्षिक क्षेत्रको बिकासका लागि आर्थिक संकलन गरि ५० लाख रुपैया दुई बर्षको कार्यकालमा सहयोग गरेको अध्यक्ष खड्काले बताएका छन्।

अधिवेशनमा समाजको आर्थिक र प्रगति प्रतिवेदन पास गर्दै नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको बताइएको छ।

समाजले पोर्चुगलमा रहेका बागलुङेहरुलाई समाजका पदाधिकारीसँग सम्पर्क गरि समाजको पन्जिकरण सदस्य बन्न आव्हान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु