गृहपृष्ठ बागलुङ समाज पोर्चुगलद्वारा अधिवेशन सफल बनाउन विभिन्न उपसमिती गठन
बागलुङ समाज पोर्चुगलद्वारा अधिवेशन सफल बनाउन विभिन्न उपसमिती गठन

पोर्चुगलमा छोटो समयमै चर्चाको शिखरमा पुगेको बागलुङ समाज पोर्चुगलको जुलाई १८ मा दोस्रो अधिवेशन हुँदैछ।
उक्त अधिवेशन भब्य र सफल बनाउन समाजको बैठकले विभिन्न ७ ओटा उपसमिती गठन गरेको अध्यक्ष प्रेम खड्काले बताएका छन्।उपसमितिहरुको नामावली निम्न रहेको छ।
(१)नयाँ सदस्यता तथा नविकरणका लागि हरी पुनको संयोजकत्वमा सदस्यता तथा नविकरण उपसमिती
(२)ओम कार्कीको संयोजकत्वमा कार्यक्रम व्यबस्थापन उपसमिती
(३)छवि पौड्यालको संयोजकत्वमा विधान संशोधन उपसमिती
(४)केशव केसीको संयोजकत्वमा आर्थिक व्यबस्थापन उपसमिती
(५)सज्जन हमालको संयोजकत्वमा प्रचार-प्रसार उपसमिती
(६)सुजाता गौतमको संयोजकत्वमा अतिथि सस्कार उपसमिती
स्मरण रहोस् अधिवेशनलाई मर्यादित र सफल बनाउन यस अघिनै अध्यक्ष खड्काको संयोजकत्वमा अधिवेशन आयोजक मुल समिती गठन गरिएको छ।