२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ बागलुङ समाज पोर्चुगले सुप्रसिद्ध गायक गौतमको साथमा सांगीतीक साझको आयोजना गर्ने

बागलुङ समाज पोर्चुगले सुप्रसिद्ध गायक गौतमको साथमा सांगीतीक साझको आयोजना गर्ने

स्थापनाकालदेखिनै पोर्चुगलमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बागलुङ समाज पोर्चुगलले विशेष सांगीतीक साझको आयोजना गर्ने भएको छ।

नेपालका सुप्रसिद्ध गायक थानेश्वर गौतमको साथमा नेपाली महिलाहरूको तिजको अवसर पारेर सो कार्यक्रम गर्न लागिएको हो।यहीँ सेप्टेम्बर ९ तारीख लिस्वनको लभलिस्वन रेस्टुरेन्टमा गायक गौतमले विभिन्न प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।

गायक गौतमलाई खासगरी गजल गायक भनेर पनि चिन्ने गरिन्छ।उनका धेरै मार्मिक गीतले लोकपारखिहरुको मन छोएको छ।

कार्यक्रमलाई मनोरञ्जनात्मक एवं सृजनात्मक बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजका महासचिव रमेश बुढाथोकीले जानकारी दिए।

समाजले उक्त दिन कुनै कार्यक्रम नजुधाउन पोर्चुगलमा क्रियाशिल संघ-सस्थालाई विशेष आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु