गृहपृष्ठ बागलुङ सेवा समाज कतारद्वारा कलाकार बर्देवा मार्फत बिरामीलाइ आर्थिक सहयोग्
बागलुङ सेवा समाज कतारद्वारा कलाकार बर्देवा मार्फत बिरामीलाइ आर्थिक सहयोग्

बागलुङ सेवा समाज कतारले बिरामीलाई आर्थिक सहयोग गरेको छ। विगतदेखिनै सामाजिक सेवामा निरन्तर सक्रीय बन्दै आइरहेको समाजले दुखिको घाउमा मलम लगाउने काम गरेको छ।
समाजले यतिबेला ब्लड क्यान्सर रोगबाट पीडित शिक्षण अस्पताल काठमाडौंमा उपचाररत बानपा १३ कि गंगा देबि सुबेदिलाइ नगद पचास हजार सहयोग गरेको छ।
उक्त रकम कलकार तथा संचारकर्मी तथा एपि वान टिभिका प्रस्तोता राजेश बर्देवा मार्फत उनका श्रीमान बिक्रम सुबेदिलाइ हस्तान्तरण गरिएको समाजका अध्यक्ष सन्तोस पौडेलले बताउनुभयो।
आगामी दिनमा पनि कल्याणकारी कार्यलाई निरंतरता दिने समाजले जनाएको छ।