२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ बाग्लुङको बलेवा सेवा समाज पोर्तुगल दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा गंगा क्षेत्री

बाग्लुङको बलेवा सेवा समाज पोर्तुगल दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा गंगा क्षेत्री

केपी शर्मा, “बलेवाली” लिस्बन पोर्तुगल । बागलुङको बलेवा क्षेत्रबाट पोर्तुगल आएर वसोवास गरिरहेका बलेवालीहरुको संस्था बलेवा सेवा समाजको दोस्रो अधिवेशन लिस्बनमा सम्पन्न भएको छ । अधिवेशनले पुन: गंगा क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रशान्त श्रेष्ठ र टुकानाथ रिजाल, महासचिवमा विजय क्षेत्री, सचिव ताराखर परियार, कोषाध्यक्षमा अमृत अखेली रहेका छन् । यस्तै सदस्यहरुमा भीम खत्री, प्रकाश गौतम “अशोक”, बिमल गौतम, रेनु परियार, विश्वास पाठक, सन्तोष रोका र तुल्सी पौडेल रहेका छन् ।अधिवेशनले एनआरएनए पोर्तुगलका निवर्तमान प्रवक्ता प्रभात पौडेललाई समाजको संरक्षक तोकेको छ ।

सल्लाहकारहरुमा दयाराम सुवेदी, फुर्बान रायमाझी, किरण दीप, एकराज पौडेल, के पि शर्मा र रेशम पौडेल रहेका छन् । उद्घाटन सत्रमा बोल्दै प्रभातले बलेवा समाज क्षेत्रीय संस्था भए पनि आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेको बताए । किरण दीपले पनि शुभकामना मन्तव्य राखेका थिए । महासचिव के पी शर्माले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष गंगा क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष प्रशान्त श्रेष्ठको स्वागत मन्तव्य र महासचिव केदार शर्मा ‘के पी बलेवाली’ को सञ्चालनमा कार्यक्रम सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु