गृहपृष्ठ बाग्लुङ घटना:वरिष्ठ सई पौडेलको हत्यामा आमाछोरानै प्रमुख दोषी
बाग्लुङ घटना:वरिष्ठ सई पौडेलको हत्यामा आमाछोरानै प्रमुख दोषी

रामकृष्ण कंडेल :बागलुङ जिल्लाको भिमगिठे स्थित प्रहरी कार्यालय इन्चार्ज वरिष्ठ सई उज्वल पौडेल को हत्यामा एकै परिवारका आमा छोराको संलग्नता देखिएको छ।
जिल्ला बागलुङ बडिगाड गा.पा. वडा नं. ६ खाल बस्ने बर्ष ५१ कि आशा कुँवर र वर्ष २० को छोरा विनोद कुँवर सई पौडेलको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यलय बाग्लुड० ले जनाएको छ।
प्रहरीका अनुसारः”मिति २०८०।०४।०८ गते अं. २०:०० बजेको समयमा जिल्ला बागलुङ बडिगाड गा.पा. वडा नं. ६ खाल बजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोहि होटल सञ्चालिका आशा कुँवर र निजको छोरा बिनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा हात मुक्काले मरणासन्न हुने गरी कुटपिट गरि छातिमा लात्तिले प्रहार गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी ऐ. अ. २३:३० बजेको समयमा हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली किचन राकमा लुकाई राखेको अवस्थामा फेला परेको छ”।
सई पौडेलको हत्या पश्चात होटल सञ्चालिका आशा कुँवर र निजको छोरा बिनोद कुँवर लाई हिजो बिहान प्रहरीले नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ।