Covid-19
City Express

बाग्लुङ समाज पोर्चुगलले मार्च १५ मा भलिबल र लोकगीत प्रतियोगिता आयोजना गर्ने

लिस्बन, पोर्चुगल । पोर्चुगलमा एउटा सक्रिय सामाजिक संस्थाको रूपमा चिनिएको र विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यहरु गर्दै आइरहेको बाग्लुङ समाज पोर्चुगलले खेलकुदका माध्यमबाट समेत अग्रसरता जनाएर आगामी चैत दसैंको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बाग्लुङ जिल्लामा चैते दसैंको समयमा बर्षौदेखि विभिन्न खेलकुद र साँस्कृतिक कार्यक्रमहरु हुने गरेका छन् ।

नेपालको कला,संस्कृति र परम्परालाई परदेशी भुमिमा समेत उजागर गर्ने हेतुले समाजको अगुवाईमा आगामी चैते दशैंको अवसर पारेर भलिबल प्रतियोगिता, बिबिध साँकृतिक कार्यक्रम सहित लोक गीत प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको समाजका अध्यक्ष प्रेम खड्काले बताए । कार्यक्रममा स्थानीय नेपाली कलाकारको पनि आकर्षक प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई भब्य रूपमा सफल बनाउन मुल ब्यबस्थापन समिति सहित ७ वोटा उपसमिति निर्माण गरिएको समाजले जानकारी दिएको छ।

कार्यक्रमलाई भब्यतापुर्वक सम्पन्न गर्न मुल व्यवस्थापन समिति संयोजकको जिम्मेवारी समाजका अध्यक्ष प्रेम खड्कालाई तोकीएको छ। उपसमितिहरु अन्तर्गत आर्थिक ब्यबस्थापनको संयोजकमा समाजका उपाध्यक्ष ओम बहादुर कार्की र सह-संंयोजकमा महासचिव बिक्रम गौतम,साँस्कृतिक कार्यक्रम ब्यबस्थापन उपसमितिको संयोजकमा समाजका सचिव किरण दिप, खेल ब्यब्यस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष हरि मगर,अतिथि सत्कार उपसमिति संयोजकमा उपाध्यक्ष ज्ञानु गौतम, प्रचारप्रसार उपसमिति संयोजकमा फुर्वान रायमाझी ,मंच ब्यबस्थापन उपसमिति संयोजकमा बिमल गौतम र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा सुमन अखेली रहेका छन् ।

भलिबल खेलमा प्रथम हुनेलाई १६०० युरो र द्वितीय हुनेलाई १०५० पुरस्कार राशी राखिएको छ।

लोक गीत प्रतियोगितामा प्रथम हुने समुहलाई ५०० युरो र द्वितीय हुने समुहलाई ३०० युरो प्रदान गर्ने समाजले घोषणा गरेको छ ।

खेलकुद तथा लोक गीत प्रतियोगिता मार्च १५ मा लिस्बन Inatel Alvalade Av.Rio De Janeiro Parque De Jogos १ De Maio,१७००-३३० मा हुनेछ।

समाजले उक्त दिन विभिन्न संघ-संस्थाका प्रमुख, प्रतिनिधि ,पत्रकार एवं पोर्तुगलस्थित नेपालीहरुलाई कार्यक्रम सहभागी भइदिन विशेष आग्रह गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु