२०७८ मंसिर १२ गते आइतवार | November 28, 2021

Bharat Poudel

गृहपृष्ठ बाबा रामदेव टेलीभिजन खोल्न काठमाडौंमा केही दिनमै उद्घाटन हुने

बाबा रामदेव टेलीभिजन खोल्न काठमाडौंमा केही दिनमै उद्घाटन हुने

बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन्। रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ।

यस्तै योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गर्ने भएको छ। कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा (नोभेम्बर १९) गर्ने तय भएको छ।

उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्णभारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु