२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ बालेनको जबर्जस्त त्यो आक्रोश !

बालेनको जबर्जस्त त्यो आक्रोश !

नागरिक न्यूज ,काठमाडौं: श्रीमतीको मान, मर्यादा, इज्जत र प्रतिष्ठामा आएको आँच ठुल–ठुला युद्धका कारण बनेका छन्। हस्तिनापुर युद्ध होस् वा लङ्का जल्नुको कारण। तिनका लेखकले द्रोपति र सितालाई औँल्याएका छन्।

इतिहासमा सबैभन्दा ठुलो युद्धको रूपमा व्याख्या गरिएको महाभारत होस् वा पूरा लङ्का जल्ने युद्ध भएको कारण यस्तो भन्ने थाहा हुँदाहुँदै ‘साढे नौ’ को आक्रोश आउनु के नाजायज ?

निरन्तर रूपमा आइरहेको ‘साढे नौ’ को आक्रोशको मर्म सिंहदरबार र दरबारका रक्षकले बुझ्नु जरुरी छ। सिंहदरबार दरबार मात्रै होइन शासनको प्रतीक पनि हो। सिंहदरबार जलाउँछु भन्नुको अर्थ शासन सत्ता च्युत गर्नु पनि हो।

सिंहदरबारको रक्षा र आफ्नो सत्ताको रक्षाका लागि नगर पिताको आक्रोश रोक्न सक्नु पर्छ। आक्रोश रोक्न फेरी त्यो शनिवारको ‘साढे नौ’ को अवस्था आउन दिनु हुँदैन। त्यो रोक्न के गर्नुपर्छ त्यो त्यही आक्रोशले सिकाइ सकेको छ।

के तपाईँलाई नगर पिताको आक्रोश जायज लागेको छ ? मलाई त पटक्कै लाग्दैन। आक्रोश त आवेगमा आउँछ। विवेक गुमाउँदा आउँछ।

त्यो विवेक गुमाउने भनेकै प्रेमको नसामा हो। त्यसमा पनि प्रेममा सबै कुरा जायज हुन्छ भन्ने कुरा ठुला विद्धानले भनेकै त छन् ! त्यस कारण ‘साढे नौ’ को आक्रोश बालेनले होइन त्यो आक्रोशबाट सिंहदरबारका शासकले बच्नु र बँचाउनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु