२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ बाल गायिका दीपिकाको स्वरले धमाका मच्चायो

बाल गायिका दीपिकाको स्वरले धमाका मच्चायो

हिरा चम्किलो बनाउन कुनै कसी लगाउनु पर्दैन भनेझै बागलुङ बाल गायिका दिपिका कंडेलको स्वरमा पनि भगवानको बरदान साबित भएको छ।न कुनै साधना न कुनै विशेष तालिम उनले लिएकी छिन् । तर पनि उनको स्वर सुन्दा लाग्छ कुनै व्यावसायिक गायिकाको भन्दा कम छैन। पछिल्लो पटक बजारमा आएको मेरी छोरी बोलको गीतमा बाल गायिका कंडेलको आबाज सँगै निकै कर्ण प्रिय आबाजका धनी गायक – गायिका मेसम खाती र माण्डबी त्रिपाठीले स्वर भरेका छन्।


गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ । बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको बिबाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाईपनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनयमार्फत् उतारेका छन्।

नरेश खातीको शब्द र संगीत रहेको यस गीतमा निर्देशन भने क्रान्ती केसीले गरेका छन्।गीतलाई दिपिका म्युजिक प्रालि मार्फत बजार ब्यबस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु