गृहपृष्ठ बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तनावग्रस्त ,प्रहरीले गोली चलाउदा ३ को ज्यान गयो
बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तनावग्रस्त ,प्रहरीले गोली चलाउदा ३ को ज्यान गयो

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा तीन जनाको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले भने,-‘हाम्रो अस्पतालमा ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते आएका थिए। तीमध्ये तीन जना अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो। एक जना गम्भीर घाइते छन्। अन्यको उपचार हुँदैछ।’
तर, प्रहरी प्रशासनले घटना मृत्युको पुष्टि गरेको छैन। जग्गा कब्जा गरी बसेका र प्रहरीहरूबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो।
बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतवार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।