२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ बुटवलमा एकजना कोरोनाको आशंंकामा अस्पताल भर्ना

बुटवलमा एकजना कोरोनाको आशंंकामा अस्पताल भर्ना

बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई भर्ना गरिएको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवालाई अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका डा. सुदर्शन थापाले पुष्टि गरे। डा थापालाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्शन तोकेको छ।

उनका अनुसार ती युवामा कोरोना भाईरसको संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन्। ‘कडा किसिमको निमोनिया देखिएको छ कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन्-उनले लुम्बिनी टाइम्ससँग भने-तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ, भोलि शुक्रबार हामीले उनको नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं।’

ती युवा केही समयअघि विदेशी नागरिकहरु समेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए। उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु