२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ बुटवलमा कोरोना संक्रमणका कारण आधा घन्टाको सेरोफेरोमा ३ जनाको मृत्यु

बुटवलमा कोरोना संक्रमणका कारण आधा घन्टाको सेरोफेरोमा ३ जनाको मृत्यु

बुटवलमा कोरोना संक्रमणका कारण आधा घण्टाको सेरोफेरोमा ३ जनाको ज्यान गएको छ।बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो। उपचारका लागि अस्पताल भर्ना भएका तिनीहरुको आज बिहान मृत्यु भएको जनाइएको छ।

प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

त्यसैगरी ३ बजे मायादेबी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए। उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु