गृहपृष्ठ बुटवलमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको ज्यान गयो,अर्का एक सदस्य आइसोलेसनमा
बुटवलमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको ज्यान गयो,अर्का एक सदस्य आइसोलेसनमा

बुटवलमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको ज्यान गएको छ।बुटवल उपमहानगरपालिका -१० कालिकानगरमा कोरोना संक्रमणबाट एउटै परिवारका ३ जनाको मृत्यु भएको हो।
उनीहरुको ८ दिनको अन्तरालमा ६१ बर्षीय पुरुष , उनकी धर्मपत्नी ५९ बर्षीय महिला र ३९ बर्षीय उनका छोराको मृत्यु भएको हो।
बाबुछोराको उपचारका क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो भने आमाको होम आइसोलेसनमा निधन भएको हो।
आमाको जेठ ५, छोराको जेठ ७ र बाबुको जेठ १२ गते मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले बताए।
उनीहरु सबैजना कोरोना संक्रमित रहेको र बाबु छोराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको वडाध्यक्ष थापाले बताए।
उनका अनुसार सोही परिवारको अर्को एक सदस्य संक्रमित छन् भने उनलाई बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसनमा राखिएको र परिवारमा भएका घटनाबारे थाहा दिइएको छैन।