२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ बुटवलमा चिकित्सकले गरे जटिल शल्यक्रिया,घाटीमा अड्कीएको ब्रस शल्यक्रियामार्फत निकालियो

बुटवलमा चिकित्सकले गरे जटिल शल्यक्रिया,घाटीमा अड्कीएको ब्रस शल्यक्रियामार्फत निकालियो

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा घाँटीको जटिल शल्यक्रिया सफल भएको छ। घाँटीमा ब्रस अड्कीएका बिरामीको बिशेषज्ञ डाक्टरहरु विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधन सहितको स्वास्थ्य कर्मीको टोलीले जटिल शल्यक्रिया सफल गरेको हो।

खाना खाँदा घाँटीमा खाना अड्कीने, मासु खाँदा हड्डी अड्कीने जस्ता समाचार त सुनिरहेकै हो। तर ब्रस गर्दा सिंगै ब्रस नै घाँटीमा गएर अड्कीएको समाचार अलि नौलो हो। रुपन्देहीको रुद्रपुरमा पनि यस्तै नौलो घटना घट्यो। यो घटना रुद्रपुर हरैयाका २४ वर्षीय पुरुषको हो।

उनी आईबार बिहान ६ बजेतिर ब्रस गर्दै थिए, अचानक ब्रस उनको घाँटी भित्रै पस्यो। त्यत्रो ब्रस घाँटीभित्र पस्यो भने कसलाई पो असहज हुँदैन र? उनी पनि आत्तीए। नजिकै स्थानीय मेडिकलमा लगेर एक्सरे गरियो।

तर एक्सरेमा केही पनि देखिएन।बिरामीलाई झनपछि झन दुखाई बढ्दै गयो। घरपरिवार पनि आत्तिए। बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईयो। अस्पतालमा उनको खानाखाने नलिको ईण्डोस्कोपी गरियो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. शर्माले भन्नुभयो–‘ईण्डोस्कोपी गर्दा खाना खाने नलिमा छातिको विच भागमा अड्कीएको देखियो।’राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट उनको शल्यक्रिया गरिएको हो।

चिकित्सकहरुका अनुसार यो प्रविधिमा बिरामीलाई बेहोस गराईन्छ तर चिरफार गर्नुपर्दैन। मुखबाट क्यामेरा जडित पाईप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधीलाई ओसोफ्यागोस्कोपी भनिन्छ ।

उक्त प्रविधिको प्रयोग गरेर चिकित्सकको टोलीले बिरामीको घाँटीबाट १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो। यो शल्यक्रिया सफल नहुनपनि सक्थ्यो र तत्कालै चिरफार गर्नपर्ने पनि हुन सक्थ्यो।

सोही अनुसार सर्जनहरुलाई पनि स्ट्याण्डबाई राखिएको थियो। डा. विष्णु शर्माले भन्नुभयो। यद्यपी चिरफार गर्नुपरेन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु