गृहपृष्ठ बुधबारदेखि देशैभर बर्षा हुने
बुधबारदेखि देशैभर बर्षा हुने

बुधबारदेखि देशभरि फेरि मनसुन सक्रिय हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ।
देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रहने बुलेटिनमा उल्लेख छ।